ट्याक्टरले च्यापिएर चालकको मृत्यु « Khabarhub

ट्याक्टरले च्यापिएर चालकको मृत्यु


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ माझगाउँवेशीमा ग १ त ७५४८ नम्बरको ट्याक्टरले चेपेर आज चालक चितवनका ४५ वर्षीय मोहनबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बोहोराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । स्थानीय हरि पोखरेलको बारी जोतेर निस्कदा आफैँले चलाएको ट्याक्टरले च्यापिएर उनी गम्भीर घाइते भएका थिए ।

घाइते बोहराको प्रदेश अस्पताल गोरखामा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल सिटी अस्पताल चितवन लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ९ : ३६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने