व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे « Khabarhub

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा जनप्रतिनिधिले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्ने बताएका छन् ।

भक्तपुर नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सञ्चारमाध्यममा भक्तपुर नपा’ र ‘सञ्चारमाध्यममा भक्तपुर नपा २’ पुस्तक परिचर्चा तथा लेखक, सञ्चारकर्मीलाई धन्यवाद कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् ।

अध्यक्ष बिजुक्छेले भने, “सत्तामा रहेका नेता तथा जनप्रतिनिधिले आफ्ना स्वास्थ्यभन्दा माथि उठेर देश र जनताको स्वार्थका लागि लाग्नुपर्ने हो, तर परिवर्तनका लागि अझै केही पुस्ताले कुर्नुपर्ने देखिन्छ ।”

जनताको भावनालाई कुण्ठित पार्ने काम कसैले गर्न नहुने बताउँदै उहाँले जबसम्म जनताको भावनालाई कुण्ठित पारिन्छ, तबसम्म देशको प्रगति नहुने बताए ।

अध्यक्ष बिजुक्छेले भने, “अब नयाँ पुस्तालाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ, जनताले चाहेजस्तो परिवर्तन गर्न अझै केही पुस्ता लाग्छ, जनप्रतिनिधिले त सारा जनताको मन र भावना जितेर काम गर्नुपर्छ ।”

समाज सफल पार्नसके देश सफा हुने टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले नैतिक धरातल खस्किँदै गएको अवस्थामा सञ्चारमाध्यम र सञ्चारकर्मीले सही बाटो देखाउनुपर्ने औँल्याए ।

कार्यक्रममा रासस भक्तपुरका समाचारदाता रमेश गिरी, सुन्दर शिल्पकार, मकर श्रेष्ठ, पुष्करराज बूढाथोकीलगायत विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । कार्यक्रममा नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास, मूर्त तथा अमूर्त सम्पदाहरु, जात्रा पर्वलगायत विषयमा समाचार प्रकाशन गरी विश्वमाझ भक्तपुरलाई चिनाउन टेवा पुर्याएको बताए ।

विभिन्न सञ्चारमाध्यममा भक्तपुर नगरपालिकाकाबारेमा प्रकाशित फिचर, लेखलगायतलाई समेटेर भक्तपुर नगरपालिकाले प्रकाशन गरेको दुई पुस्तक एउटा समाचारका दृष्टिकोणबाट ऐतिहासिक दस्तावेज भएको उनले बताए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले सञ्चारकर्मी र सञ्चारमाध्यमले भक्तपुरकाबारेमा पस्किएका समाचार भक्तपुरका लागि मार्गदर्शन र दस्तावेजका रुपमा सङ्कलन र संरक्षण गर्ने कार्य गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर नगरपालिका अरु नगरपालिकाका लागि पनि उदाहरण बन्दै गएको र भक्तपुरका उदाहरणीय कार्यलाई सबैतिर प्रचार गर्ने कार्य सञ्चारकर्मीले गरेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १० : ३५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने