सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन « Khabarhub

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन


७ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीको नवौँ स्थापना दिवस समारोह सम्पन्न भएको छ ।

कपिलवस्तुको चन्द्रौटामा आज आयोजित समारोहमा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न निर्देशन दिएको छ । महानिरीक्षक पौडेलले समयअनुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न निर्देशन दिए । नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उनले बताए ।

मानवअधिकारको सम्मान गर्दै आवश्यकताअनुसार मात्र बल प्रयोग गर्नुपर्नेमा जोड दिँदै महानिरीक्षक पौडेलले सीमा सुरक्षा राष्ट्रको संवेदनशील विषय भएकाले सीमामा हुने गतिविधिको सूक्ष्म निगरानी गर्न निर्देशन दिए । पछिल्लो समय सीमा क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको पहिलो पहरेदार भएकाले निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने उल्लेख गरे ।

विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरीले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । विपद् व्यवस्थापन एक्लो प्रयासबाट सम्भव नहुने भएकाले सबै सरोकारवाला निकायसँग समन्वय र सक्रियताका साथ काम गर्न महानिरीक्षक पौडेलले निर्देशन दिए । वर्तमान सरकारको सुशासनको अवधारणालाई आत्मसात गर्दै सङ्गठनको नीति तथा निर्देशनअनुसार अघि बढ्नसमेत उहाँले आग्रह गरे ।

समारोहमा विभिन्न समयमा कर्तव्यपालनका क्रममा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको थियो । साथै विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले बाहिनीको स्थापना तथा हालसम्म भएका गतिविधिबारे जानकारी गराएका थिए ।

विसं २०७५ भदौ ७ गते स्थापना भएको नं ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयअन्तर्गत १२ जिल्ला रहेका छन् । बाहिनीअन्तर्गत आठ गण, छ गुल्म, एक मद्दती सेवा गुल्म, नौ सीमा सुरक्षा गुल्म, ५० बीओपी, २७ सुरक्षा बेस र पाँच एफओबी गरी कुल १०६ इकाइ रहेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८३, आइतबार  ११ : ०३ बजे

रविको अभिव्यक्तिपछि बालेनको जवाफ- ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र

जुटखेती घटेपछि तिहारको हुकाहुकी पर्वका लागि सन्ठीको अभाव

भद्रपुर- परम्परागत जुटखेती घट्दै गएपछि तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका

२३ वर्षको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो, पोर्चुगलको जर्सी अब नयाँ पुस्ताको हातमा

काठमाडौँ – विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको

धनतेरससँगै तिहारको रौनक सुरु, सुनचाँदी र धातुका सामान भित्र्याइदै

काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा–  समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको