भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना « Khabarhub

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।

जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर र नेपाल प्रहरीले मङ्गलबारदेखि सम्भावित जोखिमयुक्त क्षेत्र दोलालघाट, रोशी खोला आसपास, भकुण्डेबेँसीलगायतका क्षेत्रका विद्यालय तथा सार्वजनिक स्थलमा माइकिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

मनसुनजन्य विपद् न्यूनीकरणका लागि तयारी अवस्थामा रहन काभ्रेपलाञ्चोकस्थित जिल्ला व्यवस्थापन समितिले स्थानीय तह तथा सुरक्षा निकायलाई आग्रह गरेको छ । यसका साथै स्थानीय विपद् व्यवस्थापन समितिको अवस्थाका बारेमा जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले यही असोज ८ देखि १२ गतेसम्म पानी पर्ने मौसम पूर्वानुमान सार्वजनिक भएकाले सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए। “विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन पत्राचार गरिएको छ”, अधिकारीले भने ।

जिल्लास्थित सुरक्षा निकायले भने आफूहरूसँग भएको जनशक्ति परिचालनका लागि स्रोतसाधन उपलब्ध गराइदिन सम्बद्ध निकायका अलावा स्थानीय तहलाई अनुरोध गरेको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको