एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो « Khabarhub

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत जापानविरुद्धको ऐतिहासिक तथा लज्जास्पद हारबाट बालबाल जोगिएको छ । पाँच ओभरमा छोट्याइएको टी-२० खेलमा भारतले जापानलाई २ रनले पराजित गरेको हो ।

जापानको सानो क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीलाई जापानी बलरहरूले स्तब्ध पार्दै ५ ओभरमा ३२/४ रनमा रोकेका थिए । भारतका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक १६ रन बनाए । जापानका १७ वर्षीय स्पिनर चार्ली हारा-हिन्जेले १७ रन दिएर २ विकेट लिए, जसमा पहिलो बलमै भारतका विस्फोटक ओपनर अभिषेक शर्माको विकेट समावेश थियो ।

३३ रनको लक्ष्य पछ्याएको जापानलाई अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक थियो । अक्षर पटेलले गरेको अन्तिम ओभरमा बायाँहाते ब्याटर अलेक्ज्यान्डर सिराई-पातमोरले रिभर्स-स्वीप खेल्ने प्रयास गर्दा बल लेग साइडतर्फ गएको थियो । अम्पायरले सुरुमा त्यसलाई ‘वाइड’ घोषित गरे ।

अम्पायरको निर्णयप्रति बलर अक्षर पटेल र कप्तान श्रेयस अय्यरले असन्तुष्टि जनाउँदै मैदानमै विरोध गरे । भारतीय खेलाडीको दबाबपछि दुवै अम्पायरबीच छलफल भयो र अम्पायरले आफ्नो वाइडको निर्णय उल्ट्याए । यो निर्णयसँगै जापानलाई जितका लागि ५ बलमा ४ रनको सट्टा ६ बलमा ३ रन चाहिने स्थिति बन्यो ।

आइसिसीको नियमअनुसार कुनै ब्याटरले रिभर्स स्वीप वा स्थान परिवर्तन गरेर सट खेल्न खोजेमा पिचका दुवै तर्फलाई ‘अफ साइड’ मानिन्छ । नियमअनुसार अम्पायरको अन्तिम निर्णय सही भए तापनि निर्णय समीक्षा प्रणाली नभएको खेलमा खेलाडीको विरोधपछि अम्पायरले निर्णय बदलेको विषयलाई लिएर बहस सुरु भएको छ ।

अन्तिम ओभरमा राम्रो पुनरागमन गर्दै अक्षर पटेलले ७ रन मात्र दिएपछि जापान ३०/३ रनमा समेटियो र जितको नजिक पुगेर पनि २ रनले पराजित हुन पुग्यो ।

सेप्टेम्बर २४ देखि सुरु हुने पुरुष एसियाली खेलकुदको तयारीका लागि आयोजित यस खेलमा जापानले भारतविरुद्ध पहिलोपटक अन्तर्राष्ट्रिय टी-२० खेल खेलेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ५६ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा