इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्रा पर्व सुरु, हनुमानढोकामा इन्द्रध्वजासहितको लिङ्गो ठड्याइयो (तस्बिरहरू)


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएको छ।

इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने गर्छन्। लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको छ।

इन्द्रजात्रा काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ। हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु तथा सर्वसाधारणको भीड लाग्ने गर्छ।

जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौँका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ। जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत गरिन्छ ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न काठमाडौँको बसन्तपुर क्षेत्रमा पुगेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ९ : ३२ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त

एसियाली खेलकुद : स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित

काठमाडौँ– जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत स्क्वासको मिश्रित डबल्समा विपना

साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन

कास्की– सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य

मौसम पूर्वानुमान महाशाखाको चेतावनी : तीन दिन कहाँकहाँ हुँदैछ अति भारी वर्षा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले

बालबालिकाको आँखा परीक्षण गराउन नेत्र विशेषज्ञको सुझाव

चितवन– समयमा परीक्षण नगर्दा धेरै बालबालिकाहरूको दृष्टि गुम्ने गरेको छ