राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल « Khabarhub

राजा महेन्द्रको भ्रमणले फेरिएको अमेरिकी प्रोटोकल

कृष्णप्रसाद भट्टराईले झोँक्किदै भने– हामीलाई सानो भनेर हेप्ने ?



राजा महेन्द्र २०१६ सालमा अमेरिकी राष्ट्रपति ड्वीट डेभिड आईजनहावरको निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए। राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो–‘राजालाई स्वागत गर्न अमेरिकी राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए।

‘जाँड खाने बाहुन’को बद्नामीले चुनाव हारेका कृष्णप्रसाद भट्टराई पहिलो संसदको सभामुख थिए। बीपीको निर्देशनमा सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यवाहक राजदूत फिक्सलाई बोलाएर चेतावनी शैलीमा भने–‘हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ? यदि त्यस्तो हो भने हामी राजाको भ्रमण रद्द गर्छौं ।’

राजदूतले स्पष्टीकरण दिँदै भनेका थिए– ‘हाम्रो राष्ट्रपति मुटु रोगी हुनुहुन्छ। कूटनीतिक मर्यादाका कारण विमानस्थलदेखि विमानसम्म चिसोबाट बच्न डाक्टरले लगाइदिएको उपचारजन्य सामग्रीसहित त्यहाँ जान अनुकूल हुँदैन । त्यस्तो चिसोमा विशेष टोपी नलाई जानु झन् घातक हुन्छ। फेरि उमेरका दृष्टिले पनि उहाँ वृद्ध हुनुहुन्छ। डाक्टरले जतिबेलै पनि स्ट्रोक हुनसक्ने भविष्यवाणी गरेका छन्। महामहिमको स्वास्थ्य प्रतिकूल रहेकाले यस्तो निर्णय भएको हो । यसलाई तपाईंहरुले अन्यथा लिइदिनु भएन ।’

बीपीको निर्देशनमा सभामुख भट्टराईले अमेरिकी दूतावासका कार्यवाहक राजदूत फिक्सलाई बोलाएर चेतावनी शैलीमा भने–‘हाम्रो राजालाई स्वागत नगर्ने ? हामीलाई सानो देश भनेर हेपेको हो ? यदि त्यस्तो हो भने हामी राजाको भ्रमण रद्द गर्छौं ।’

अन्तर्राष्ट्रिय मञ्चमा त्यसबेला नेपालको कूटनीतिक मर्यादा र क्षमता यति प्रभावशाली थियो कि त्यस्तो गम्भीर बिरामी अमेरिकी राष्ट्रपति आईजनहावर हेलिकोप्टरमा विमानस्थल गएर राजा महेन्द्रको न्यानो स्वागत गरेका थिए।

अमेरिकी नागरिक हातमा दुई देशको झण्डा बोकेर सडक किनारमा लस्कर लागेर घन्टौँ उभिएका थिए । घटनाको यही संवेदनशीलतालाई हेरेर अमेरिकी सरकारले तत्काल प्रोटोकल फेरेर अब उप्रान्त विदेशी पाहुनाको स्वागतमा राष्ट्रपति विमानस्थल नजाने बरु पाहुनालाई हेलिकोप्टरमा ह्वाइट हाउस लगेर ‘गार्ड अफ अनर’ दिने प्रचलन सुरु गर्‍यो ।

नेपाली पाहुनाका कारण झण्डै सात दशकअघि फेरिएको त्यो चलन डोनाल्ड ट्रम्पको पालासम्म आइपुग्दा पनि कायमै छ। त्यो समय दुई ध्रुवमा विभाजित विश्व राजनीति विपरित अमेरिकी राष्ट्रपति आईजनहावरसँगको भेटमा राजा महेन्द्रले नेपालको असंलग्न परराष्ट्रनीतिको पक्षधरताबारे खरो बहस गरेका थिए ।

अपठित जंगबहादुर कति अनुशासित थिए भने पानीजहाजमा गाई, पिपलसमेत लिएर बेलायत गए। रानी भिक्टोरियालाई प्रभावित पार्न सफल उनले उताबाट आउँदा जनता सुसूचित गर्न गिद्दे प्रेस मात्र ल्याएनन्, त्यहाँको सैनिक मार्चपास अवलोकन गरेर आफ्नो देशको सैनिक संरचनालाई व्यापक आधुनिकीकरण गरे ।

मातृकाप्रसाद कोइराला १४ भाषाका ज्ञाता थिए । बहुप्रतिभाशाली भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसादको निजी सहायक भएर काम गरेका मातृकाले बोलेका हरेक शब्द विश्वको कूटनीतिक क्षेत्रका लागि जिज्ञासाको विषय बन्थ्यो ।

पूर्वाग्रही चश्माको कारण उनको त्यो विराट व्यक्तित्वको पाटोबारे उल्लेख भएको पाइँदैन । सैनिक जर्नेलको पोसाक लगाउने सुविधाप्राप्त एकमात्र प्रधानमन्त्री रहेका उनी मुलुकको कार्यकारीबाट हटेपछि अमेरिकाका लागि नेपाली राजदूत बनाइए ।

दुईदुई पटकसम्म प्रधानमन्त्री बनिसकेका कोइरालालाई राजा महेन्द्रले सन् १९६१ अप्रिलमा अमेरिकाका लागि नेपाली राजदूत र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त गरेका थिए । नेपालमा नयाँ भए पनि विश्वका धेरै राष्ट्रले प्रधानमन्त्री चलाइसकेका व्यक्तिलाई कूटनीतिक क्षेत्रमा काम लगाउने अभ्यास गरेका छन् ।

मातृकाप्रसाद कोइराला १४ भाषाका ज्ञाता थिए । बहुप्रतिभाशाली भारतीय राष्ट्रपति डा. राजेन्द्रप्रसादको निजी सहायक भएर काम गरेका मातृकाले बोलेका हरेक शब्द विश्वको कूटनीतिक क्षेत्रका लागि जिज्ञासाको विषय बन्थ्यो ।

प्रधानमन्त्री भइसकेका टंकप्रसाद आचार्यले विशेष दूत भएर चीन र जापानको सम्बन्ध सुधार्ने ऐतिहासिक काम गरे । उनलाई चीनले पत्याएर यसखालको गहन जिम्मेवारी दिएको थियो । दोस्रो विश्वयुद्धमा नेपालले निर्वाह गरेको भूमिकाप्रति कृतज्ञता जनाउँदै जर्मनी, बेलायतलगायत पूर्वी तथा पश्चिम युरोपका थुप्रै देशले विमानस्थलमै अनअराइभल भीसा उपलब्ध गराउँथे ।

नेपाली कूटनीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हृषिकेश शाहको भूमिका पनि उल्लेख्य रहेको पाइन्छ । संयुक्त राष्ट्रसंघमा नेपालका पहिलो राजदूत बन्ने अवसर प्राप्त राष्ट्र संघका तत्कालीन महासचिव ड्याग ह्यामरसोल्डको विमान दुर्घटनामा परी मृत्यु भएपछि दुर्घटनासम्बन्धी छानबिन आयोग शाहकै नेतृत्वमा बनेको थियो । उनको क्षमताको कदर गर्दै त्यसबेला राष्ट्रसंघको महासचिवमा प्रस्ताव आएको तर राजा महेन्द्रले आफ्नो व्यक्तित्व छायामा पर्ने त्रासले रोकेको विश्लेषण पनि हुने गरेको छ ।

राष्ट्रसंघको जिम्मेवारीमा रहँदा शाहले हंगेरीमा सोभियत संघको हस्तक्षेप विरुद्ध खुलेर विरोध गरेका थिए । यस विषयलाई लिएर निकिता खुस्चेभसँग वादविवाद परेको सन्दर्भ उनले आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका छन् ।

राष्ट्रसंघको ८१ औँ महासभामा यसपटक प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । नेतृत्व गर्नुअघि उनले सातदशकअघि पहिलोपल्ट सम्बोधन गर्ने चुडाप्रसाद शर्मादेखि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वका सरकारसम्मका पदचापको अन्वेषण गर्न जरुरी छ ।

खेलाडीको विश्वकप भने झैँ राष्ट्रसंघको महासभा संसारका नेताको आफ्नो छवि उजिल्याउने ठाउँ हो । यसमा उमेरले केही ग्ल्यामरको काम गर्ला तर उसको व्यक्तित्वको उचाई देखाउने कला भनेको भिजन नै हो । नत्र घन्टौ उभिएर अमेरिकी राष्ट्रपतिसँगको एकथान फोटो त पुरानैले पनि आफ्नो बैठकमा झुण्ड्याएका छन् । त्यसो त राष्ट्रसंघ महासभामा चारघण्टा भाषण गर्ने फिडेल क्यास्ट्रोदेखि राष्ट्रसंघको हुर्मत लिने कर्णेल गद्दाफी, ह्युगो चाभेजसम्मका थुप्रै परिघटना छन् । इतिहास बनाउने कि धुजा धुजा बनाउने त्यो आफ्नो रोजाई हो ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । त्यसको एक वर्षपछि सन् १९५६ मा राष्ट्रसंघको ११ औँ महासभालाई नेपालबाट पहिलोपटक तत्कालीन परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले सम्बोधन गरेका थिए । त्यो सम्बोधनमा उनले भनेका थिए– ‘हाम्रो परराष्ट्रनीति असंलग्न नै हो । हामी कुनै पनि सैन्य गठबन्धनको अंश बन्दैनौँ र बन्नु हुँदैन यही नै हाम्रो मुलुकको परराष्ट्र नीतिको आत्मा हो। यो द्वितीय विश्वयुद्धपछिको नयाँ विश्व व्यवस्थामा हामीले पालन गरेको र हामीले हाम्रो स्वतन्त्रता अक्षुण्ण राखेको नीति हो ।’

नेपाली प्रतिनिधिमण्डलका उपनेतामा अधिराजकुमार हिमालय विक्रम शाह, सदस्यमा हिमालय पत्नी प्रिन्सेप शाह, शिक्षा सचिव केशरबहादुर केसी, राजाका सचिव सरदार हंसमान सिंह, परराष्ट्रका असिस्टेन्ट सेक्रेटरी दमनराज तुलाधर र न्युयोर्कस्थित स्थायी नेपाली प्रतिनिधि हृषिकेश शाह थिए । सुरु सुरुमा अमेरिकाले तेस्रो विश्वलाई आफ्नो प्रभावमा पार्न आर्थिक रणनीतिको हतियार उपयोग गरेको थियो । अमेरिकी सरकारको चार सूत्रीय कार्यक्रम अनुसार अल्पविकसित देशलाई प्रविधि सहायता दिइन्थ्यो । साम्यवादको चपेटाबाट सिर्जित गरिबी, भोकमरी, निराशा र अव्यवस्थाबाट बचाउन भन्दै उसले मार्सल योजना अन्तर्गत युरोपमा उल्लेखनीय धनराशी खर्च गर्‍यो ।

राष्ट्रियता के हो ? त्यसको एकमुष्ट उत्तर एउटा घट्नाले दिन्छ। वेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे। त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो। स्वामीले त्यही विद्यालयमा पढिहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म मान्छौ ?’‘बौद्ध धर्म मान्छु’ शिशुले सहज शैलीमा उत्तर दियो। स्वामीले फेरि प्रश्न थपे, ‘बुद्धका बारेमा तिमीलाई के थाहा छ ?’ बुद्ध भनेका महान भगवान हुन्। यति भन्दै त्यो सानो बालकले चुपचाप ध्यान गरी बुद्धप्रति नतमस्तक हुँदै अभिवादन गर्‍यो । ‘मानिलेउ जापानलाई जित्ने उद्देश्यले कुनै तेस्रो देशबाट सैनिकको एक डफ्फा यहाँ आयो । त्यो डफ्फाको नेतृत्व बुद्ध र कन्फ्यूसियसले गरेका रहेछन् भने त्यतिबेला तिमी के गर्छौ ?’ स्वामीले प्रश्न सक्दानसक्दै बालकले जोशपूर्ण उत्तर दियो– ‘त्यतिबेला म तरबारले बुद्धको टाउको काटिदिन्छु र उक्त काटिएको टाउको कन्फ्युसियसको खुट्टामा राखिदिन्छु।’

बालकको यस्तो जवाफ सुनेर रामतीर्थ खुसीले गदगद भए। विद्याथीलाई अँगालो मारे। उनको मुखबाट निस्कियो– ‘जुन देशका विद्यार्थीमा यसप्रकारको देशभक्ति हुन्छ, त्यो देश कुनै देशको गुलाम हुँदैन। त्यो देशको उन्नतिलाई कसैले रोक्न सक्दैन।’ बुद्धको जन्मस्थलका नागरिकले यही अवस्था झेल्नुपर्‍यो भने के होला ? संसारमा नयाँ केही पनि हुँदैन । नयाँ भनेको पुनर्ताजगी गर्ने कला हो । प्रधानमन्त्री वालेन्द्र शाहको सादगीको व्यापक चर्चा हुन्छ । यो सकारात्मक छ ।

बिपी कोइरालाको सादगीपन झल्किने तस्बिर ।

२०१५ सालमा बीपी प्रधानमन्त्री हुँदा उनको सुत्ने कोठामा खिचिएको एउटा तस्विरले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो । तस्विरमा प्रधानमन्त्री कोइरालासँग चियाको कप र बिहानको खाजाको प्लेट देखिन्छ। उनले दाहिने हातमा कलम समातेका छन् । अगाडि केही फाइल राखिएका छन् । फोटो हेर्दा उनी अध्ययन, सरकारी फाइलमा हस्ताक्षर एकसाथ गर्न लागेको देखिन्छ । त्यसबखत विश्वले उनको प्रशंसा गरेको थियो । त्यतिमात्र होइन, पहिलो मन्त्रिपरिषद् बैठकमा आफूले पाउने मासिक २५ सय तलब १५ सयमा झारेका थिए । सत्कर्मको निरन्तरता जसले जो बाट सिके पनि हुन्छ ।

इतिहास वर्तमानको शिक्षक हो । त्यसैले विगतको पहरेदारी, वर्तमानको सत्य र भविष्यको आशा संयोजन गर्न सके समृद्धिको इन्द्रेणी उदाउन सम्भव छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : २८ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि