इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा « Khabarhub

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएपछि इरानी सशस्त्र बलले उनका अभिव्यक्तिलाई ‘प्रचारको औजार’ भन्दै अमेरिकी सेनालाई क्षेत्रमा चेतावनी दिएको छ।

इरानी सशस्त्र बल र खताम अल–अन्ब्या केन्द्रीय मुख्यालयका जनरल स्टाफले विज्ञप्तिमार्फत ट्रम्पका पटकपटकका धम्कीले इरानविरुद्धको अमेरिकी कारबाहीमा देखिएको रणनीतिक गतिरोध प्रतिबिम्बित गर्ने दाबी गरेका छन् । 

अमेरिकी सेनामा थकान देखिएका बेला यस्ता धम्की दोहोर्‍याउनुले शक्ति प्रदर्शन नभई रणनीतिक निराशा झल्काउने उनीहरूको भनाइ छ ।

विज्ञप्तिमा अमेरिकाले पश्चिम एसियामा खतरा, असुरक्षा र अस्थिरता बढाएको आरोप लगाउँदै इरानविरुद्धका सैन्य कारबाही तथा समुद्री गतिविधिमा असफलता लुकाउन विश्व अर्थतन्त्रमाथि दबाब सिर्जना गर्न खोजेको दाबी गरिएको छ। 

ट्रम्पका अभिव्यक्तिले शक्ति सन्तुलन परिवर्तन गर्न नसक्ने पनि इरानी सेनाले जनाएको छ ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियान संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन मङ्गलबार न्युयोर्क पुगेका छन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा इरानको धारणा सशक्त रूपमा प्रस्तुत गर्दै विगतका वार्ता र सम्झौतामा गरिएका प्रतिबद्धता पूरा नभएको विषय उठाउने बताए ।

यसअघि राष्ट्रपति ट्रम्पले महासभालाई सम्बोधन गर्दै इरानसँग सम्झौता नभए इस्लामिक गणतन्त्रलाई ‘ध्वस्त’ पार्ने चेतावनी दिएका थिए । उनले इरानबाट पुनः आक्रमण हुन नदिन कडा कदम चाल्नुपर्ने बताउँदै चुनावपछि इरानसँग सम्झौता हुनसक्ने विश्वाससमेत व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १ : ०४ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि