दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा « Khabarhub

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘बाटुलो जून’ अब दसैंमा प्रदर्शन नहुने भएको छ ।

यसअघि दसैंको अवसरमा रिलिज गर्ने तयारी गरिएको फिल्मको नयाँ प्रदर्शन मिति तय गर्दै निर्माणपक्षले कात्तिक २६ गतेलाई रोजेको छ। अर्थात्, फिल्म भाइटीकाको भोलिपल्टदेखि हलमा आउनेछ ।

निर्देशक भुवन केसीले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । एकैपटक धेरै फिल्म हलमा आउँदा शो बाँडफाँडमा समस्या हुन सक्ने देखिएपछि ‘बाटुलो जून’को रिलिज मिति सारिएको निर्माणपक्षले जनाएको छ ।

निर्देशक केसीका अनुसार दसैंको समयमा चारवटा फिल्म प्रदर्शनमा आउने तय भइसकेको थियो । त्यसमा थप अर्को फिल्म पनि आउने भएपछि प्रदर्शक तथा वितरकले फिल्मको मिति परिवर्तन गर्न सुझाव दिएका थिए । सोही सुझावलाई ध्यानमा राख्दै निर्माणपक्षले दसैंको भिडन्तबाट पछि हटेर नयाँ मिति रोजेको हो ।

नयाँ प्रदर्शन मिति सार्वजनिक गर्दै भुवनले नेपाली फिल्म उद्योगको हितका लागि फिल्महरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्। उनले भनेका छन्, ‘भिडेर जानुभन्दा पनि मिलेर जानमा नेपाली फिल्म उद्योगको भलाइ छ।’

सनराइज पिक्चर्स प्रालिको प्रस्तुतिमा बनेको ‘बाटुलो जून’मा अनमोल र प्रिन्सीसँगै अन्य कलाकारको पनि अभिनय छ । फिल्मका निर्माता जिया केसी र भविष्य खड्का हुन् भने विवेक थापा सह–निर्माता छन् ।

यसको पटकथा सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन् । अब फिल्मले दसैंको व्यस्त प्रदर्शन तालिका छाडेर भाइटीकापछिको नयाँ मितिमा दर्शकको साथ खोज्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : १२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा