दसैंमा ‘छ माया छपक्कै २’को धमाका, सार्वजनिक भयो रमाइलो शीर्ष गीत « Khabarhub

दसैंमा ‘छ माया छपक्कै २’को धमाका, सार्वजनिक भयो रमाइलो शीर्ष गीत


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दसैंको माहौललाई थप मनोरञ्जक बनाउने तयारीमा रहेको चलचित्र ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक भएको छ । 

फूलपातीको दिन अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको गीतले परिवार, प्रेम, दाम्पत्य सम्बन्ध र सन्तानसँग जोडिएका रमाइला क्षणलाई केन्द्रमा राखेको छ।

अभि सुनारको शब्द तथा संगीत रहेको गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मि विश्वकर्माले स्वर दिएका छन् ।

गीतको भिडियो भने ‘बेबी सावर’को उत्सवमय परिवेशमा तयार पारिएको छ । भिडियोमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई गर्भवती भूमिकामा देखाइएको छ। परिवारभित्रको माया, हाँसो, रमाइलो नोकझोक र खुसीलाई गीतमा नृत्य र हास्य शैलीमार्फत प्रस्तुत गरिएको छ ।

भिडियोमा रायन गिरी, प्रकाश घिमिरे, रमा थपलिया, बुद्धि तामाङ, कर्म शाक्य, विष्णु सापकोटा, मेक्सम गौडेल, रवीन्द्र झा, सरदा गिरी, जेसिका पोखरेल र दीपाश्री निरौलालगायत कलाकार पनि देखिन्छन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्म्सको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। कथा लामाकै हो भने पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । 

रोहित अधिकारी निर्माता रहेको फिल्म २०७६ मा व्यावसायिक रूपमा सफल भएको ‘छ माया छपक्कै’को दोस्रो शृङ्खला हो। पहिलो भागकै शैलीलाई निरन्तरता दिँदै यसपटक पनि पारिवारिक तथा सामाजिक विषयलाई हास्यव्यङ्ग्यसँग जोडेर प्रस्तुत गरिएको निर्माणपक्षले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : ३२ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा