असोज ८ र ९ गते बिदा, ११ सम्मका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन « Khabarhub

असोज ८ र ९ गते बिदा, ११ सम्मका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय असोज ८ र ९ गते शैक्षिक संस्थामा बिदा दिन निर्देशन दिएको छ।

यही असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षादेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पर्ने सम्भावना रहेको भन्दै मन्त्रालयले असोज ११ सम्मका परीक्षासमेत स्थगित गर्न भनको छ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट पूर्वानुमान भएको छ । यसबाट बाढी, पहिरो, डुवान नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत र सञ्चार सेवामा अवरोध हुने जोखिम रहन्छ । तसर्थ यस अवधिलाई त्रासभन्दा पनि पूर्वतयारीसहित सावधानीमा उपयोग गर्नु बुद्धिपूर्ण रहने हुनाले मन्त्रालय सबै शिक्षण संस्था (विश्वविद्यालय/शिक्षालय/ विद्यालय), स्थानीय तह, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूमा यो सार्वजनिक सूचनामार्फत देहायका अनुरोध गर्दछ ।

मन्त्रालयका निर्देशन
१. सबै विद्यार्थी एवम् बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्नु गराउनुहुन।

२. सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायले असोज ९ गतेदेखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्नुहुन।

३. सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नु पर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्नुहुन।

४. अभिभावकहरूले बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनुहुन।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १० : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी