काठमाडौँ – इङ्गल्यान्डका कप्तान ह्यारी ब्रुकले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सर्वाधिक द्रुत दोहोरो शतकको नयाँ विश्वकीर्तिमान बनाएका छन्।
रावलपिण्डीमा श्रीलंकाविरुद्धको रोमाञ्चक खेलमा ब्रुकले मात्र ११४ बलमा दोहोरो शतक पूरा गर्दै भारतका शुभमन गिलको कीर्तिमान तोडेका हुन्। गिलले अघिल्लो महिना वेस्टइन्डिजविरुद्ध ११७ बलमा दोहोरो शतक बनाएका थिए।
ब्रुकले ११५ बलमा २०२ रनको ऐतिहासिक पारी खेले। यो एकदिवसीय क्रिकेटमा कुनै पनि इङ्ग्लिस ब्याटरले बनाएको पहिलो दोहोरो शतक र उच्च व्यक्तिगत स्कोरसमेत हो।
यसअघि सन् २०२३ मा न्युजिल्यान्डविरुद्ध बेन स्टोक्सले बनाएको १८२ रन नै इङ्गल्यान्डका लागि उच्च व्यक्तिगत स्कोर थियो।
ब्रुक अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचामा टी-२० मा शतक, ओडीआईमा दोहोरो शतक र टेस्टमा तेहरो शतक बनाउने विश्वकै दोस्रो खेलाडी बनेका छन्। यसअघि वेस्टइन्डिजका दिग्गज ब्याटर क्रिस गेलको नाममा मात्र यो कीर्तिमान रहेको थियो।
ब्रुकको २०२ रनको ऐतिहासिक योगदानका बाबजुद इङ्गल्यान्ड भने पराजित हुन पुग्यो। ओडीआई इतिहासकै दोस्रो ठूलो लक्ष्य (४३० रन) पछ्याउँदै श्रीलंकाले अविश्वसनीय जित निकालेको हो।
यससँगै ओडीआईमा दोहोरो शतक बनाएर पनि पराजित टोलीका कप्तान बन्ने ब्रुक पहिलो खेलाडी बनेका छन्।














प्रतिक्रिया