सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज « Khabarhub

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता मिलेको छ ।

विगतमा सुक्खा क्षेत्रका रूपमा चिनिने र आकाशे पानीको भर पर्नुपर्ने जमिनहरूमा अहिले सहजै सिंचाइ पुग्ने गरेको छ । 

बृहत्त दाङ उपत्यका सिंचाई आयोजनाद्वारा ड्याम निर्माणपछि अहिले हेमन्तपुर भेगमा सिंचाइ भइरहेको छ, भने धनखन्ने, सानोदमार तथा दौडारे क्षेत्रका करिब दुईसय बिघा जमिनमा पनि सिंचाइको पहुँच विस्तारको क्रम अघि बढेको स्थानीय ड्याम संरक्षण समितिका अधयक्ष गोविन्द नेपालीले बताए।

उनका अनुसार उक्त ड्याम निर्माण भएपछि सिंचाई मात्रै नभई आसपासका कुवा तथा इनारहरुमा पानीको स्तर बढेको छ । 

यसले गर्दा पानीको सहजता भएको छ ।  विगतमा चैत महिनामै सुक्ने इनारहरू अहिले तालतलैयाका कारण तलसम्म पानी रिचार्ज भएर वर्षैभरि नसुक्ने गरेको तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीले बताए। विगतमा सिंचाई नहुँदा सुक्खा रहने जमिनहरु अहिले हराभरा हुने गरेको उनको भना छ । 

उनका अनुसार हाल सो क्षेत्रलाई भू–वर्गीकरणमार्फत आवासीय वा औद्योगिक नभई कृषि क्षेत्रका रूपमा अगाडि बढाइएको छ। यसरी कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत र प्रकृतिको संरक्षण गर्नुकासाथै कृषि क्षेत्रको रूपान्तरणमा पनि भूमिका खेलेको वडाध्यक्ष वलीले बताए।  

सोही ड्याममा डुंगा पनि छ । त्यसलाई सञ्चालन गरेर आम्दानी पनि हुने गरेको छ । 
 
 

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ११ : ०९ बजे

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ– लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो दुई

आगामी साता वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

इजिप्टको प्राचीन मन्दिर, जहाँ वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित