अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर  « Khabarhub

अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर 


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको बताएका छन्। उनले व्यावहारिक, लचिलो र परिणाममुखी सहकार्यतर्फ विश्वका मुलुकहरूको आकर्षण बढ्दै गएको उल्लेख गरे।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय सहकार्यको भविष्यबारे छलफल भएको हो।

‘द जियोपोलिटिक्स अफ सोभरेन च्वाइस’ शीर्षकको उक्त सत्रमा जयशंकर प्रमुख वक्ता तथा अर्थमन्त्री वाग्ले अतिथि वक्ताका रूपमा सहभागी थिए।

सो अवसरमा अर्थमन्त्री वाग्लेले शीतयुद्धको अन्त्यपछि व्यापार र अर्थतन्त्रमा बहुपक्षीय सहकार्यले प्राथमिकता पाउँदै आएको भए पनि पछिल्ला वर्षमा त्यसको आधार कमजोर बन्दै गएको बताए। व्यापारिक गुटहरूको विस्तार र विश्वव्यापी विखण्डन बढिरहेका बेला विपद् प्रतिकार्य, पोषण, ऊर्जा तथा स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा द्विपक्षीय, त्रिपक्षीय र क्षेत्रीय सहकार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनले जिज्ञासा राखे।

अन्तर्राष्ट्रिय सहकार्यलाई औपचारिक संस्थागत संरचनामार्फत अघि बढाउनु उपयुक्त हुने वा साझेदार मुलुकबीचको आपसी समझदारीका आधारमा अघि बढाउँदा बढी प्रभावकारी हुने भन्ने प्रश्न पनि वाग्लेले गरे।

बहुध्रुवीय विश्व व्यवस्थामा क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यको भूमिका के हुन सक्छ भन्ने जिज्ञासा राख्दै उनले सोधे, ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले पछिल्ला दुई दशकमा मुलुकहरू औपचारिक प्रतिबद्धताभन्दा व्यावहारिक सहकार्यतर्फ बढी आकर्षित भएको बताए।

औपचारिक संस्थागत संरचना निर्माण गर्दा वार्ता, प्रशासनिक प्रक्रिया, आर्थिक दायित्व र नियम निर्धारणमै धेरै समय खर्च हुने गरेको उल्लेख गर्दै उनले कतिपय अवस्थामा सहकार्यको मूल उद्देश्य नै ओझेलमा पर्ने बताए।

औपचारिक संरचना आवश्यक पर्ने क्षेत्रमा त्यस्तो व्यवस्था उपयुक्त भए पनि सबै प्रकारका सहकार्यलाई संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको उहाँको भनाइ थियो। उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई औपचारिक सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै सहकार्यको स्वरूप विषय, साझेदार र प्रतिबद्धताको स्तरअनुसार फरक हुन सक्ने बताए।

जयशंकरले ब्रिक्सको उदाहरण दिँदै उक्त समूहको आफ्नै सचिवालय र सबै सदस्यले हस्ताक्षर गरेको लिखित बडापत्र नरहेको उल्लेख गरे। ब्रिक्स र सांघाई सहयोग सङ्गठनको संरचनाबीचको भिन्नता औँल्याउँदै उनले सबै सहकार्य संयन्त्र एउटै ढाँचामा सञ्चालन हुन नसक्ने स्पष्ट पारे।

‘तपाईंले मलाई प्रवृत्तिबारे सोध्नुभयो भने, म भन्छु, प्रवृत्ति स्पष्ट रूपमा बढी तदर्थ र बढी समान विचारधाराका समूहहरूतर्फ गइरहेको छ,’ जयशंकरले भने।

भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यभन्दा फरक प्रकृतिका त्रिपक्षीय, चतुर्पक्षीय तथा समान विचारधारा भएका मुलुकका करिब ५० वटा समूह निर्माण गरेको उल्लेख गर्दै उनले कम प्रशासनिक भार र परिणाममुखी सहकार्यप्रति मुलुकहरूको रुचि बढिरहेको बताए।

यसअघि अर्थमन्त्री वाग्लेले नेपाललाई विपद्का बेला भारतले उपलब्ध गराएको सहयोगको प्रशंसा गरेका थिए। उनले सन् २०१५ को भूकम्प तथा हालै रसुवा–भोटेकोशी क्षेत्रमा भएको विपद्का बेला भारतले केही घण्टाभित्रै सहयोग उपलब्ध गराएको स्मरण गर्दै त्यसप्रति नेपाल कृतज्ञ रहेको बताए।

विश्वव्यापी तनाव, आर्थिक विखण्डन र ठूला शक्तिहरूको बदलिँदो भूमिकाका बीच अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने उपायबारे केन्द्रित उक्त संवादमा बहुपक्षीयता, क्षेत्रीय साझेदारी र परिणाममुखी कूटनीतिका विषयमा विचार आदानप्रदान भएको थियो।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ११ : ५० बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल