नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने « Khabarhub

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ गर्ल्स टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ । उक्त शृङ्लामा नेपाल यु–१९ महिला टोलीका साथै भारत यु–१९ महिला ‘ए’ र भारत यु–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ३ : ५५ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको