सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी « Khabarhub

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । 

बाल सुधारगृहका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो । आपसमा झडप भएपछि थिमी प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोलीले सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
    
प्रहरी टोलीलाई झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेको थियो स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जना परिचालन भएका थिए । 

मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रले  आगो निभाएका थिए । सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ । उक्त गृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना छन् । 

अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो सङ्ख्यामा उपस्थित सुरक्षाकर्मीले निगरानी गरिरहेका छन् । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ५२ बजे

प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का

एकीकृत समाजवादीका भवानी खापुङ सिङ्गो टिमसहित एमालेमा प्रवेश

ह्रथुम– पूर्वमन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको