तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ « Khabarhub

तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले डेब्यू फिल्म ‘मितज्यू’को सुटिङ सुरु गरेकी छन् ।

सरस्वती पूजाको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण पक्षले दाङको अम्बिकेश्वरी मन्दिरमा पूजा गरेर सुटिङलाई गति दिएको छ ।

‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ र ‘झलक दिखला जा-९’को विजेता बन्दा तेरियालाई धेरै फिल्मको प्रस्ताव गएका थिए । उमेर सानै भएकाले उनले नायिकाको यात्रा तय गरिनन् ।

‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ जित्दा उनी ११ वर्षकी थिइन् । त्यसको ३ वर्षपछि उनले ‘झलक दिखला जा-९’ जितेकी हुन् ।

युवा अवस्थामा प्रवेश गरेपछि उनले नायिका बन्ने इच्छा देखाइन् । लामो समय कुरेपछि उनले फिल्म ‘मितज्यू’ पाएकी हुन् । यस फिल्मको नायक दयाहाङ हुन् । नायक सौगात मल्ल पनि शीर्ष भूमिकामा रहेको बनाइएको छ ।

तेरियालाई डेब्यू गराउने निर्देशक अनिल बूढामगर हुन् । उनले यसअघि हिट फिल्म ‘घरज्वाइँ’ ल्याएका थिए । जुन उनको डेब्यू फिल्म हो ।

यो फिल्म आगामी वर्षको जेठ १५ गते प्रदर्शनमा ल्याउने योजनाका साथ अनिल छायाङ्कमा निस्किएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा