ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन् « Khabarhub

ओलीलाई योगेशको जवाफ : टिकट लाने कसैले पनि जित्छु भनेर कागज गरेका छैनन्


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले आफूसहितका नेताबारेमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति रोष प्रकट गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् शुक्रबा आफ्नो धारणा सार्वजनिक गरेका उनले बिहीबारको कान्तिपुर अध्यक्ष ओलीले दिएको अन्तर्वार्तामा व्यक्त भनाइप्रति असन्तुष्टि जनाएका हुन्।

उक्त अन्तर्वार्तामा अध्यक्ष ओलीले ‘सुरेन्द्र पाण्डे र योगेशकुमार भट्टराईले यस पटक जित्ने स्थिति नरहेको’ र ‘बिन्दा पाण्डेको कुनै आधार नभएको’ बताएका थिए। अर्कातिर ओलीले काभ्रेली नेता ‘गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याउँदा अप्ठ्यारो स्थिति सिर्जना भएको’ टिप्पणी पनि गरेका थिए ।

भट्टराईले अहिलेको मिसन एमालेलाई जिताउने भएकाले यसबारेमा धेरै प्रतिक्रिया नदिने बताउँदै फागुन २१ को चुनावपछि कुरा उठाउने उल्लेख गरेका छन् ।

’फागुन २१ गतेसम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्नु उचित हुँदैन’, उनले भनेका छन्, ‘मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो ईफ, नो बट, म विचलित वा निरास छैन ।’

अध्यक्ष ओलीको अभिव्यक्तिबाट आफू चिन्तित र दुःखी भएको भट्टराईले बताएका छन् । ‘कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन,’ उनले ओलीलाई जवाफ दिँदै उल्लेख गरेका छन्।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ०२ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल