जोशीको एकल चित्रकला प्रदर्शनी « Khabarhub

जोशीको एकल चित्रकला प्रदर्शनी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला प्रदर्शनी गरेका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा उनको पाँच दिनदेखि निरन्तर चित्रकला प्रदर्शन भइरहेका छन् ।

‘एन ओड टू द भ्याली’ शीर्षकमा राखिएका उनका चित्रले रङ्गको सौन्दर्यसँगै गाउँले जीवनशैलीको महत्त्वलाई दर्शाएको छ भने काठमाडौं उपत्यकाको वास्तुकला सम्पदा र यहाँको दैनिकीबारे पनि चित्र प्रस्तुत गरिएका छन् ।

प्रदर्शनी नेवार वास्तुकला चित्रित भित्ताहरूबाट लिइएको छ, जहाँ चित्रकला केवल सजावटी मात्र नभई दैनिक जीवनमा निहित एक अभिन्न सांस्कृतिक र अनुष्ठान अभ्यास रहेको चित्रकार जोशीको भनाइ छ ।

ग्यालरीका निर्देशक सङ्गीता थापाले जोशीका चित्रहरू द्रुत रूपमा फैलिएको सहरी रूपान्तरणमा गाउँले परिवेशको सौन्दर्य र नेपालीपनको गरिमा बढाउने बताइन् ।

उनले जोशीका चित्रहरूले परम्परागत शैलीको खोज, अनुसन्धान र नयाँ पुस्तालाई विगतको जीवनशैली अध्ययन गर्नसमेत सघाउ पुर्‍याउने धारणा राखिन् ।

जोशीको कला प्रर्दशनीमा प्रमुख अतिथि रहेका रवीन्द्र पुरीले समकालीन कलात्मक अभ्यासलाई जोड दिँदै इतिहास, श्रमको महिमा कलामा समेटिनुपर्ने बताए । जोशीका चित्रले ग्रामीण जीवनको वैज्ञानिक अर्थसमेत महसुस गराउन सकेको उनको भनाइ छ । प्रदर्शनी आगामी फागुन छ (फेब्रुअरी १८) गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : १३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा