बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी « Khabarhub

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले आज उम्मेदवारी फिर्ता लिएका छन् । 

बाँकेको तीन निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका निर्वाचन क्षेत्र नं १ र निर्वाचन क्षेत्र नं २ बाट उनीहरूले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले नेपाल जनता पार्टीका उम्मेदवार विजयकुमार गुप्ता र जनता समाजवादी पार्टीका सरस्वतीप्रसाद बर्माले उम्मेदवारी फिर्ताको निवेदन दिएको जानकारी दिए  । 

दुई जनाका उम्मेदवारी फिर्तासँगै जिल्लाको निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिनेको सङ्ख्या २० कायम भएको छ । 

त्यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पनि स्वतन्त्रतर्फका दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले स्वतन्त्रतर्फका प्रदीपकुमार पौडेल र दीपक शाहीले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । 

उम्मेदवारी फिर्तासँगै सो निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेको सङ्ख्या १५ कायम हुने भएको छ । तर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा भने कसैको पनि उम्मेदवारी फिर्ता भएको छैन । सो निर्वाचन क्षेत्रमा २२ जनाले उम्मेदवारी दिएका थिए । बाँके जिल्लामा कुल ६१ जनाको उम्मेदवारी परेकामा चार जनाले फिर्ता लिएपछि ५७ जनाको उम्मेदवारी कायम भएको छ । 

बाँकेका तीन निर्वाचन क्षेत्रमा कुल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेका छन् ।  रासस

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : २७ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका