कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान « Khabarhub

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा गत मङ्गलबार मनोनयनपत्र दर्ता गरेका ४९ जनाकै उम्मेदवारी कायम भएको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले जानकारी दिए ।

कास्की–३ मा स्वतन्त्र उम्मेदवार नभएकाले सबै उम्मेदवारले दलको चुनाव चिह्न प्राप्त गरेको उनले बताए । उक्त क्षेत्रमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले)बाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका तीर्थ गुरुङ, नेकपा माओवादीबाट कुशल खड्का र श्रम संस्कति पार्टीबाट हितकाजी गुरुङले चुनावी प्रतिस्पर्धामा छन् ।

कास्की–१ मा १७ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुुन्छ । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट तिलकबहादुर रानाभाट, नेकपा (एमाले)बाट वैनबहादुर क्षेत्री अधिकारी, नेपाल कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापा, नेपाल मानवता पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, नेपाल कम्युनिष्ट पार्टी माओवादीका कुमार परियार, उज्यालो नेपाल पार्टीका मनिषा द्धा, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपाल पार्टीका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, श्रम संस्कृति पार्टीका विलबहादुर तामाङ लामा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मान थापा, जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीका हर्कबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।

उक्त क्षेत्रका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर राउतलाई त्रिभुज चिन्ह प्रदान गरिएको कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सोनु बानियाँले जानकारी दिए । कास्की–२ मा पनि १७ जनाकै उम्मेदवारी कायम भएको छ ।

उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेकपा (एमाले)बाट रश्मी आचार्य, नेपाल कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेशनबाट ओलबहादुर गुरुङ र उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ उम्मेदवार रहेका छन् ।

यस्तै नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेकपा माओवादीबाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

कास्की–२ को निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दीपक गिरीका अनुसार सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वसन्तराज घिमिरेलाई ट्रफी, विष्णप्रसाद तिवारीलाई त्रिभुज, रामचन्द्र आचार्यलाई हेल्मेट, निर्दोष विक्रम पौडेललाई क्याल्कुलेटर र निरञ्जन कोइरालालाई मसी चुनाव चिन्ह प्रदान गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ३९ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक