सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व « Khabarhub

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन् ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख राजन श्रीवास्तवकाअनुसार सिरहा–१ मा दलका १४ र स्वतन्त्र १८, सिरहा–२ मा दलका १४ र स्वतन्त्र १५, सिरहा–३ मा दलका १२ र स्वतन्त्र २९ तथा सिरहा–४ मा दलका १४ र स्वतन्त्र २३ जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता गरेका कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । उम्मेदवारी दर्ता गराउनेमध्ये महिलाको सङ्ख्या आठ जना मात्र छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेहरूमा अधिकांश ठूला दलका असन्तुष्ट कार्यकर्ता र समर्थकहरू छन् । निर्वाचनको समयमा सवारी साधन प्रयोग गर्न पाइने सुविधा र मतगणनाको समयमा आफ्ना प्रतिनिधि पठाउन सहज हुने भएकाले पनि धेरैले स्वतन्त्र रूपमा नाम दर्ता गराएको अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत भेषराज भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ८ : ४७ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय