देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल « Khabarhub

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकलाई आग्रह गरेका छन् ।

उनले आज एक भिडियो सन्देश जारी गर्दै आमकार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएकाले अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैलाई आग्रह गरेका हुन् ।

महामन्त्री पौडेलले कांग्रेसभित्र आफूले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरहेको बताउँदै अहिले सोहीअनुसार भएकाले देश परिवर्तनको यात्रामा सहकार्य गर्न आग्रह गरे ।

“हामीले नेतृत्व र नीति परिवर्तनका विषय निरन्तर उठाइरह्यौँ, आज विशेष महाधिवेशनमार्फत पार्टीमा नेतृत्व र नीति दुवै परिवर्तन भएको छ । हामीले कांग्रेसमात्र परिवर्तन गर्न खोजेका होइनौँ, देशलाई विकास गर्दै सकारात्मक परिवर्तन गर्न खोजेका हौँ”, उनले भने ।

उनले आमनेपाली, कांग्रेसका साथीहरू र मतदाताहरूको चाहनाबमोजिम पार्टी सभापति गगनकुमार थापालाई फागुन २१ गतेको निर्वाचनपश्चात् कांग्रेसले प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेकाले देश परिवर्तनका निम्ति आफूहरूको निर्णयमा आममतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उनको भनाइ छ । देश परिवर्तनका निम्ति कांग्रेसको निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ९ : ३० बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय