सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि « Khabarhub

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध वारियर्सले शुक्रबार भएको फाइनलमा चट्टोग्राम रोयल्सलाई हराउँदै उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७४ रन बनाएको थियो । उसका लागि तान्जिद हसनले शतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै साहिबजादा फरहानले ३०, केन विलियमसनले २४ रन बनाए । रोयल्सका लागि शरीफुल इस्लाम र
मुकिदुल इस्लामले दुई दुई विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको चट्टोग्राम १७.५ ओभरमा १११ रनमा अलआउट भयो । मिर्जा ताहिर बेगले ३६ बलमा ३९ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

राजशाहीका लागि बिनुरा फर्नान्डोले चार विकेट लिए । तीन ओभर बलिङ गरेका उनले मात्र ९ रन खर्चिए । यस्तै हसन मुरादले तीन तथा जेम्स निशमले दुई विकेट लिए ।

फाइनलमा नेपालका सन्दीप लामिछाने भने प्लेइङ–११ मा परेका थिएनन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ०६ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको