देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ « Khabarhub

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले नभई श्रम र पसिनाले चल्ने बताएका छन् ।

पार्टीको प्रदेशस्तरीय सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्न आज सुर्खेत आइपुग्नुभएका अध्यक्ष साम्पाङले देश चलाउन इमान्दार नेतृत्वको खाँचो रहेको बताए । उनले भने, “मैले सत्य लुकाएर बोल्न जानेको छैन । बेतिथि र भ्रष्टाचार विरुद्ध १५ वर्षदेखि एक्लै लड्दै आएको छु ।”

विदेशीको इशारामा देश चलिरहेको आरोप लगाउँदै उनले माटोप्रतिको अक्षुण्ण भाव राखेर पसिना बगाउन सके मात्र देश बन्ने दाबी गरे । उनका अनुसार देश बचाउन र बनाउन श्रम अनिवार्य चाहिन्छ ।

पार्टी, धर्म र जातको नाममा हुने लडाइँ अन्त्य गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष साम्पाङले श्रम संस्कृति भाषण नभई ससाना कामबाट सुरु हुने महत्वपूर्ण संस्कार भएको जिकिर गरे।

काम नगर्ने प्रवृत्तिकै कारण मुलुक पछाडि परेको बताउनुभएका अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीका नेता नभई सबै श्रमदाताहरु हुने प्रतिक्रिया दिए । पुराना दलहरुबाट विद्यमान समस्या समाधान नहुने र देशमा सुशासन कायम गरी भ्रष्टाचार न्यूनीकरण गर्न श्रम संस्कृति पार्टीलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १० : ४३ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका