चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस « Khabarhub

धादिङ दुर्घटना अपडेट

चालक र कर्मचारीसहित ३७ यात्रु लिएर पोखरादेखि काठमाडौँ आउँदै थियो दुर्घटनाग्रस्त बस


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बसले पोखरादेखि चालक र कर्मचारीसहित ३७ यात्रु लिएर छुटेको खुलेको छ । बसमा ३४ जना यात्रु र अन्य चालक र कर्मचारी रहेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग १ ख १४२१ नं उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार रहेको समितिका अध्यक्ष ऐनबहादुर साईले बताए ।

“पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए, बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ, विस्तृत विवरण आइसकेको छैन”, उनले भने । बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २४ जना घाइते भएको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ५७ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ