चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए « Khabarhub

चार वर्षअघि एमाले छाडेका नेता भण्डारी एमालेमै फर्किए


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमाले विभाजित भएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका दोलखाका नेता शिवप्रसाद भण्डारी पुनः एमालेमै फर्किएका छन् ।

आज बिहान दोलखामा आयोजित पुनर्मिलन कार्यक्रममार्फत  भण्डारी औपचारिक रूपमा एमालेमा प्रवेश गरेका हुन् । उनीसँगै उनकी श्रीमती कल्पना भण्डारी र भीमेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ता बस्नेत पनि एमालेमा फर्किएका छन् ।

कार्यक्रममा पार्टीका उम्मेदवार पार्वत गुरुङ, नेता आनन्दप्रसाद पोखरेल, जितवीर लामा, लालकुमार केसीलगायत पुराना नेताहरूको उपस्थिति रहेको थियो।

पुनर्मिलन कार्यक्रममा बोल्दै नेता भण्डारीले एमालेको सम्पूर्ण शक्ति एकजुट भएर जनतामाझ जाँदा मात्रै विजयी हासिल गर्न सकिने बताए । उनले दोलखामा पार्टीलाई पहिलो शक्ति बनाउन सबै नेता–कार्यकर्ताले समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

चार वर्षअघि एमाले विभाजनपछि नेता भण्डारी नेकपा (एकीकृत समाजवादी)मा सक्रिय भएका थिए । पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिमा पुनः एमालेमै फर्किने निर्णय गरेको उनले बताए । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ०४ बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन