प्रदर्शन रोकेका तीन फिल्मको व्यापार केवल १४ लाख, पुष्टि भयो लाज ढोकेको ! « Khabarhub

प्रदर्शन रोकेका तीन फिल्मको व्यापार केवल १४ लाख, पुष्टि भयो लाज ढोकेको !


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ बाट प्रदर्शनमा आएका तीन फिल्म ‘शिवांश’, ‘श्री बुकुरो’ र ‘बिगुल’ कमजोर व्यापारका कारण हलबाट उतारिएको पुष्टि भएको छ ।

फागुन १ देखि ५ सम्म प्रदर्शनमा आएका यी फिल्म ६ गते हलमाबाट निर्माण पक्षले उतारेको थियो । त्यसपछि यी फिल्मको चौथर्फी आलोचना भएको थियो ।

‘पाँच दिन प्रदर्शनमा आएर दर्शकबाट अस्वीकार’ फिल्म पुन:प्रदर्शनको फन्डा निकालेर हलबाट उतारेको टिप्पणी मेकरहरूले राम्रैसँगै सुन्नु पर्‍यो ।

वास्तवमा पनि यी फिल्महरूको व्यापार निकै न्यून पाइएको छ । चलचित्र विकास बोर्डका अनुसार यी ती फिल्मको व्यावार जम्मा १४ लाख ३२ हजार मात्रै छ ।

बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार प्रदर्शन स्थागन गर्ने मध्ये ‘बिगुल’ले सबैभन्दा बढी ८ लाख ९७ हजार ग्रस कलेक्सन गरेको छ । समाजिक कथामा बनेको यो फिल्मका लागि २ हजार ६०९ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, पारिवारिक कथामा बनेको ‘श्री बुकुरो’ र सस्पेन्स थ्रिलर जनरामा बनेको ‘शिवांश’ले ३ लाख ग्रस कलेक्सन पुर्‍याउन सकेका छैनन् । ८०५ वटा टिकट बिक्री हुँदा ‘श्री बुकुरो’को ग्रस कलेक्सन २ लाख ७२ हजार छ ।

‘शिवांश’ हेर्न ७८७ वटा टिकट बिक्री भएको छ । यसको ग्रस कलेक्सन २ लाख ६१ हजार मात्रै छ । यो कमजोर व्यापारिक आकडाले मेकरहरू न्यून अकुपेन्सीको लाज ढाक्न प्रदर्शन स्थगितको फन्डामा लागेको खुलेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ५६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको