ईश्वर पोखरेल भन्छन्- देश बनाउने सही पार्टी एमाले मात्रै « Khabarhub

ईश्वर पोखरेल भन्छन्- देश बनाउने सही पार्टी एमाले मात्रै


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका पोखरेलले सोमबार हाँडीगाउमा घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुक असामान्य अवस्थामा रहेका बेला लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियामा ल्याउनका लागि आगामी निर्वाचन निकै महत्वपूर्ण भएको बताएका हुन् ।

पोखरेलले देश बनाउने सही पार्टी एमाले मात्रै भएको उल्लेख गरे। निर्वाचन क्षेत्रका मतदाता, पार्टी कमिटी लगाएको आवश्यकताका आधारमा आफ्नो उम्मेदवार रहेको भन्दै पोखरेलले जनताका समस्याहरू र यसअघि गरेका धेरै योजनाहरूलाई कार्यान्वयन गरिने प्रतिवद्धता जनाए ।

आफूले गरेका कामका बारेमा मतदाता जानकार रहेकाले जनताले आफूलाई मत दिएर बिजयी गराउने उनको दावी छ ।

काठमाडौं क्षेत्र नम्बर-५ मा एमालेबाट पोखरेलका साथै कांग्रेसबाट प्रदीप पौडेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा, रास्वपाबाट सस्मित पोखरेल लगायतका उम्मेदवार रहेका छन् । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  २ : १३ बजे

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली