पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली « Khabarhub

पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तान र बङ्गलादेशबीच १४ वर्षपछि प्रत्यक्ष उडान पुनः सुरु भएसँगै कराँचीका हजारौँ बङ्गाली मूलका बासिन्दामा पारिवारिक पुनर्मिलनको आशा जागेको छ । 

दशकौँदेखि राजनीतिक तनाव र कागजी जटिलताका कारण छुट्टिएका परिवारहरू फेरि भेटिने सम्भावनाले उनीहरू भावुक बनेका छन् ।

करिब तीन दशकअघि छोटो भ्रमणका लागि पाकिस्तान आएका ६० वर्षीय शाह आलम अझै कराँचीमा अड्किएका छन् । सुक्खा माछा (सिद्रा) बेचेर जीविकोपार्जन गर्दै आएका उनले बङ्गलादेश फर्कने दृढता व्यक्त गरेका छन् । 

‘म जानेछु’, उनले अश्रुपूर्ण हुँदै भने, ‘ईद अल–अधा पछि म मेरो छोरासँग अवश्य फर्कनेछु ।’
 
उनका आमाबाबु र पहिलो पत्नीको निधन भइसक्दा पनि उनी घर फर्कन सकेका थिएनन् । बङ्गलादेशमा उनको कृषि जमिन र पुर्ख्यौली घर अझै रहेको बताए ।

सन् १९७१ को युद्धपछि एउटै राष्ट्र रहेका पाकिस्तान र बङ्गलादेशबीचको कटु द्वन्द्वपछि लाखौँको ज्यान गएको थियो । त्यसयता पाकिस्तानमा दश लाखभन्दा बढी जातीय बङ्गाली बसोबास गर्दै आएको अनुमान छ । 

कराचीका माचर कलोनीजस्ता क्षेत्रमा बङ्गाली समुदायको बाक्लो उपस्थिति छ, तर धेरैजना नागरिकता र परिचयपत्र अभावमा राज्यविहीन अवस्थाजस्तै जीवन बिताइरहेका छन् ।

बिस वर्षीय हुसेन अहमदले आफू बङ्गलादेश जान चाहेको तर नागरिकता कागजात नभएकाले असमर्थ रहेको बताए। 

‘म पाकिस्तानी हुँ, तर परिचयपत्र छैन’, उनले भने। 

अर्का २२ वर्षीय अहमदले आफ्नो परिवार सन् १९७१ अघि नै पाकिस्तानमा बसोबास गरिरहेको प्रमाणित गर्न नसक्दा सरकारी मान्यता नपाएको गुनासो गरे। उनीहरूका आफन्त बङ्गलादेशमा भए पनि भेटघाट सम्भव भएको छैन ।

गत वर्ष पाकिस्तानका विदेशमन्त्री इशाक दारले ढाका भ्रमण गरी बङ्गलादेशका नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध सुधारतर्फ उन्मुख भएको संकेत देखिएको छ । हालै निर्वाचित बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको कार्यकालमा पनि कूटनीतिक संवाद निरन्तर रहने अपेक्षा गरिएको छ ।

कराचीका स्थानीय राजनीतिज्ञ मुहम्मद रफिकल हुसेनका अनुसार पाकिस्तानभरि फैलिएका बङ्गाली समुदायले अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएका छन् ।

‘यो हाम्रो चौथो पुस्ता हो’, उनले भने, ‘सौहार्दपूर्ण सम्बन्धले दुवै देशलाई फाइदा पुर्‍याउनेछ ।’

तर सामुदायिक कार्यकर्ता हाफिज जैनुलाब्दीन शाहले बङ्गालीहरूले स्थानीय भाषा अपनाउँदै जाँदा आफ्नो सांस्कृतिक पहिचान कमजोर हुँदै गएको टिप्पणी गरे।

राजनीतिक उतारचढाव र पहिचानको द्विविधाबीच कराचीका बङ्गालीहरू अहिले एउटा साझा आशामा बाँधिएका छन्—सीमापार उडानसँगै बिछोडिएका परिवार फेरि एक हुने दिन नजिकिएको अनुभूति । 

‘यो सम्बन्ध सदाका लागि कायम रहोस्’, शाहले भने, ‘हामी अभावबीच पनि आशावादी छौँ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ३ : १३ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न