बागमती प्रदेश समिति सदस्य चौलागाईंले पनि छाडे रास्वपा « Khabarhub

बागमती प्रदेश समिति सदस्य चौलागाईंले पनि छाडे रास्वपा


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

चरीकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश समिति सदस्य हरि चौलागाईंले राजीनामा दिएका छन् ।

दोलखा निवासी रास्वपाको संघीय निर्वाचन परिचालन समिति सदस्यसमेत रहेका चौलागाईंलले सोमाबर राजीनामा दिएका हुन् ।

उनले २०७९ सालदेखि नै पार्टीको संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।

चौलागाईंले रास्वपाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन् । ‘विरोधकै राजनीतिमा सीमित रहने, व्यवहारमा भन्दा भाषणमा बढी केन्द्रित शैली चित्त बुझेन,’ चौलागाईंले भने ।

उनले जनताको प्रत्यक्ष सुख–दुःखमा जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट कार्यदिशा आवश्यक रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ०८ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ