एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित « Khabarhub

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ । 

जेसीबी एनुअल डिलर कन्फरेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो । 

यो अवार्ड १८ फेब्रुअरीमा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो। एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबी इन्डिया लिमिटेडका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट पाएका छन् । कार्यक्रममा सीईओ तेज प्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गा प्रसाद निरौलाको पनि उपस्थिति रहेको थियो ।

‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको कडा मूल्यांकनका आधारमा प्रदान गरिन्छ । 

 चेयरम्यान अग्रवालले भने, ‘यो महत्त्वपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ। हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौँ। सडक, पुल, जलविद्युत आयोजना, विमानस्थल र स्मार्ट सिटी निर्माणमा योगदान गर्ने प्रत्येक उद्यमी र पेसाकर्मी यस सम्मानका हकदार हुनुहुन्छ। हामी सबै मिलेर सशक्त नेपालको आधार निर्माण गरिरहेका छौं । लगातार चौथो वर्ष यो उपाधि जित्नुले उत्कृष्ट मेसिनरी र सेवामार्फत नेपालको विकासलाई गति दिने हाम्रो अठोटलाई अझ सुदृढ बनाएको छ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ४४ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी