रास्वपाकी नगर उपसभापति नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि… « Khabarhub

रास्वपाकी नगर उपसभापति नै कांग्रेस उम्मेदवारलाई भोट माग्न पुगेपछि…


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ललितपुरको महालक्ष्मी नगरमा राष्ट्रिय स्वतन्त्र पार्टीटी उपसभापति पूजा बस्नेत विश्वकर्मा नै नेपाली कांग्रेसको सभामा पुगेकी छन् ।

उनी भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउन भन्दै सोमबार आयोजित एक सभामै मिसिएकी हुन्।

बालकोटमा आयोजित चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादी हाबी भएको भन्दै कांग्रेस उम्मेदवार राणालाई विजयी गराउन भक्तपुर २ का मतदातालाई आग्रह गरिन् ।

‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएकी व्यक्ति हुँ। कांग्रेसको घरदैलोमा किन आइरहेको छु भने मेरो पार्टीभित्रको गलत प्रवृति सुनाउन आएकी हुँ। रास्वपा स्थापनादेखिकै सदस्य हुँ तर कांग्रेससँग मेरो परिवारको साइनो भएकाले कविर दाइलाई जिताउन आएकी छु,’ उनले भनिन्,‘ नयाँलाई विश्वास गर्नुपर्छ भनेर लाग्यौँ, तर नयाँमा धेरै खराब र अवसरवादी व्यक्ति छन्। हामी अवसरवादीलाई भोट दिएर जिताउन चाँहदैनौं।’

उनले रास्वपालाई विनाश हुनबाट रोक्न कांग्रेसको मञ्चमा आएर उभिएको बताइन्। ‘कविर दाइइलाई भोट मागिरहँदा कुनै स्वार्थ छैन। यहाँ टुरिष्ट उम्मेदवार पनि आउनु भएको छ। उहाँहरू भन्दा कविर दाइ भक्तपुर २ का लागि उपयुक्त पात्र हुनुहुन्छ,’ उनले अगाडि थपिन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : २५ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ