भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल « Khabarhub

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उनले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताए ।

उनले आज बल्खु टेकुसी, कुमारी क्लब, गाम्बेल, शिवनगर, खसीबजार, कलङ्की मन्दिर, लमपाटी, कालीमाटी, कुलेश्वर, फलफूल मण्डी क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए ।

सो क्रममा उनले स्थानीय बासिन्दा, साना व्यवसायी, श्रमिक तथा युवासँग प्रत्यक्ष संवाद गरेका थिए । मतदातासँगको छलफलमा अर्यालले भने, “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने कुरा भाषणको शब्द होइन, कार्यप्रणालीको आधार बन्नुपर्छ । निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गरिनेछ । विकास योजना, बजेट कार्यान्वयन र सार्वजनिक सेवाको मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गरिनेछ । जनगुनासोको प्रकृति हेरि बढीमा एक हप्तादेखि ३० दिनभित्र समाधान प्रक्रिया अघि बढाइनेछ ।”

अर्यालले न्यायोचित बजेट वितरण र शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कलङ्की– सतुङ्गल हुँदै नागढुङ्गा र सीतापाइलादेखि भीमढुङ्गा क्षेत्रलाई हरित कोरिडोरको रूपमा विकास गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ०२ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ