भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल « Khabarhub

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी संयन्त्र गठन गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति संस्थागत रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।

आज आफ्नो चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ९ का विभिन्न ठाउँमा भएको चुनावी कार्यक्रममा उनले सुशासन आफ्नो वाचापत्रको पहिलो प्राथमिकतामा रहेको स्पष्ट पारे । उनले सार्वजनिक सुनुवाइ र समयसीमाभित्र गुनासो सम्बोधन गर्ने संरचना लागू गर्ने बताए ।

उनले आज बल्खु टेकुसी, कुमारी क्लब, गाम्बेल, शिवनगर, खसीबजार, कलङ्की मन्दिर, लमपाटी, कालीमाटी, कुलेश्वर, फलफूल मण्डी क्षेत्रमा घरदैलो कार्यक्रम गरेका थिए ।

सो क्रममा उनले स्थानीय बासिन्दा, साना व्यवसायी, श्रमिक तथा युवासँग प्रत्यक्ष संवाद गरेका थिए । मतदातासँगको छलफलमा अर्यालले भने, “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने कुरा भाषणको शब्द होइन, कार्यप्रणालीको आधार बन्नुपर्छ । निर्वाचित भएपछि प्रत्येक वडामा नागरिक अगुवासहितको खबरदारी टोली गठन गरिनेछ । विकास योजना, बजेट कार्यान्वयन र सार्वजनिक सेवाको मासिक क्षेत्रगत सार्वजनिक सुनुवाइ गरिनेछ । जनगुनासोको प्रकृति हेरि बढीमा एक हप्तादेखि ३० दिनभित्र समाधान प्रक्रिया अघि बढाइनेछ ।”

अर्यालले न्यायोचित बजेट वितरण र शतप्रतिशत कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदै कलङ्की– सतुङ्गल हुँदै नागढुङ्गा र सीतापाइलादेखि भीमढुङ्गा क्षेत्रलाई हरित कोरिडोरको रूपमा विकास गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ०२ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन