गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो « Khabarhub

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार फागुन ९ गते गौर नगरपालिका–६ सवगाढा क्षेत्रमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई ‘आपराधिक उपद्रोह’ तथा ‘आगजनी’ कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको हो।

अनुसन्धानका क्रममा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ। सवगाढाका शुभ नारायण साह र समिर मियाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न २० जनाविरुद्ध म्याद थप गरी मुद्दा दर्ता गरिएको र अन्य संलग्नको खोजी कार्य जारी रहेको डीएसपी बस्यालले जानकारी दिए।

गत फागुन ७ गते साँझ उत्पन्न विवाद उग्र बनेपछि सवगाढा क्षेत्र तनावग्रस्त बनेको थियो। फागुन ८ गते छ बुँदे सहमति भए पनि फागुन ९ गते बिहानैदेखि पुनः तोडफोड र आगजनी भएपछि दिउँसो १ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको थियो।

तीन दिनपछि आज कर्फ्यू हटाइएको छ। बिहान साढे १० बजे सद्भाव र्‍याली निकालेर कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। उनले सामाजिक सद्भाव कायम राख्न र अफवाह नफैलाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : २५ बजे

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर– कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ