गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो « Khabarhub

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले २० जनाविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार फागुन ९ गते गौर नगरपालिका–६ सवगाढा क्षेत्रमा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई ‘आपराधिक उपद्रोह’ तथा ‘आगजनी’ कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको हो।

अनुसन्धानका क्रममा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ। सवगाढाका शुभ नारायण साह र समिर मियाँलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न २० जनाविरुद्ध म्याद थप गरी मुद्दा दर्ता गरिएको र अन्य संलग्नको खोजी कार्य जारी रहेको डीएसपी बस्यालले जानकारी दिए।

गत फागुन ७ गते साँझ उत्पन्न विवाद उग्र बनेपछि सवगाढा क्षेत्र तनावग्रस्त बनेको थियो। फागुन ८ गते छ बुँदे सहमति भए पनि फागुन ९ गते बिहानैदेखि पुनः तोडफोड र आगजनी भएपछि दिउँसो १ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश जारी गरेको थियो।

तीन दिनपछि आज कर्फ्यू हटाइएको छ। बिहान साढे १० बजे सद्भाव र्‍याली निकालेर कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए। उनले सामाजिक सद्भाव कायम राख्न र अफवाह नफैलाउन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : २५ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन