एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित « Khabarhub

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
म्याड्रिड डर्बीको पहिलो हाफमा सुरुवाती अग्रता लिएको एट्लेटिको अन्तिममा पछाडि परेको हो । उसका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा फर्काएका थिए । त्यसको केही समय अर्थात् खेलको ५५ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियलले २–१ को अग्रता लिएको थियो ।

एट्लेटिकोको लागि खेलको ६६ औँ मिनेटमा नहुएल मेलिनाको प्रहार गोलमा परिणत हुँदा खेल फेरि बराबरीमा फर्किएको थियो । तर त्यसको ६ मिनेट अर्थात् खेलको ७२ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गर्दै गर्दै खेलमा ३–२ को जित निश्चित गरेका हुन् ।

अन्तिम समयमा अर्थात् ७७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको रियलले तनावका बीच जित निश्चित गरेको हो।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ६ : ५१ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक