किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ? « Khabarhub

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र पुललाई निसाना बनाउँदै बमबारी तीव्र पारेको छ । लेबनानी राष्ट्रपति जोसेफ आउनले दक्षिणी लेबनानका अत्यावश्यक सुविधामाथि इजरायलले गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

राष्ट्रपति आउनका अनुसार इजरायलले विशेषगरी लितानी नदीमाथिको कासमिया पुल र अन्य रणनीतिक पुलहरूलाई ध्वस्त पारेको छ । उनले यी आक्रमणलाई लेबनानी नागरिकमाथिको ‘सामूहिक सजाय’ को संज्ञा दिएका छन् ।

बीबीसीका मध्यपूर्व संवाददाता ह्युगो बाचेगाका अनुसार इजरायलले लेबनानका पुललाई लक्षित गर्नुका पछाडि सैन्य रणनीति लुकेको छ । इजरायलले यी पुल ध्वस्त पारेर दक्षिणी लेबनानलाई देशको अन्य भागबाट अलग्याउन र हिजबुल्लाहको सैन्य आपूर्ति शृङ्खला तोड्न खोजेको विश्लेषण गरिएको छ ।

विशेषगरी लितानी नदीमाथिका पुल भत्काइँदा हिजबुल्लाहका लडाकु र हतियार ओसारपसारमा अवरोध पुग्ने इजरायली दाबी छ।

यद्यपि, यी पुलहरू भत्किँदा खाद्यान्न, औषधि र मानवीय सहायता सामग्री ढुवानीमा समेत गम्भीर असर परेको छ, जसले गर्दा दक्षिणी लेबनानमा मानवीय सङ्कट थप गहिरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ४२ बजे

दुई दिने सार्वजनिक बिदाबीच आइतबार पनि स्वास्थ्य सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिने सार्वजनिक बिदा लागूको

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का