निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल « Khabarhub

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन् । 

आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसा–पत्रद्वारा सम्मान गरेका हुन्। 

मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीप जङ्ग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृह मन्त्रालयका उच्च अधिकारीलाई प्रसंशापत्रद्वारा सम्मान गरे । साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीलगायत निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीहरूलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् ।

उनले भने, ‘निर्वाचन ऐतिहासिक रुपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौँ, यो पटकको निर्वाचनमा रक्तपात भएन । पुनः निर्वाचन गर्नुपरेन । सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ । आगामी दिनमा सलाई कायम राख्न जरुरी छ ।’

मन्त्री अर्यालले उत्साह वर्द्धक रुपमा निर्वाचन सफल बनाउन सक्रिय केन्द्रदेखि जिल्ला तहसम्मको सुरक्षा समितिहरू, निर्माण कमान्ड फोर्स, सुरक्षा सेल र जिम्मेवार सरकारी अधिकारीहरूले खेलेको भूमिका ऐतिहासिक र राज्यका लागि उत्तरदायी भएको बताए । 

‘निर्वाचनमा खटिएका अधिकारीहरूको सृजनशीलता र क्षमता प्रशंसनीय छु, मन्त्री अर्यालले भने, ‘विगतका कतिपय घटनाहरु नेतृत्वले घट्नाबारे नबुझीकन निर्देशन दिए होलान् । कसैका भनाइलाई स्क्रिनिङ नै नगरी, कुरा नबुझीकन निर्देशन भए होलान् । तर यस पटक राम्रोसँग स्क्रिनिङ गरेर, निर्णय पुग्नुभन्दा अगाडि धेरै विचार गरेका छौँ, समन्वय गरेका छौँ । आइसकेका समन्वयात्मक निर्णयलाई हेरेर काम गरेका छौँ, यसमा सबै तहका सुरक्षा निकायहरूको भूमिका उल्लेखनीय छ ।’

अर्यालले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गरे । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गरे ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  २ : ४३ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा