निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान « Khabarhub

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमिक्षाको आवश्यकता औंल्याएका छन्। उनले निर्वाचनले एमालेजस्तो बलियो जनआधार र संगठन भएको पार्टीलाई ठूलो धक्का दिएको भन्दै यसको वस्तुनिष्ठ विश्लेषण गर्नुपर्ने बताएका हुन्।

 सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूसँग सुझाव माग्दै समीक्षा आग्रहभन्दा माथि उठेर गर्नुपर्ने बताएका छन्। उनका अनुसार पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्पसहित अघि बढ्न आवश्यक छ।

उनले विशेषगरी निर्वाचनमा आएको कमजोर परिणामका कारणहरू पहिचान गर्न आग्रह गरेका छन्। नीति, नेतृत्व, संगठन, कार्यशैली, व्यवस्थापन, एजेण्डा र प्रचार लगायत पक्षमा के–कस्ता कमजोरी भए भन्नेबारे आन्तरिक र बाह्य दुबै कोणबाट विश्लेषण गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

त्यस्तै, एमालेको रूपान्तरणका लागि आवश्यक सुधारका उपायहरूबारे ठोस प्रस्ताव पेश गर्न उनले आह्वान गरेका छन्। सुधारको विधि र प्रक्रियाबारे पनि स्पष्ट धारणा बनाउनुपर्ने उनको जोड छ।

भट्टराईले पार्टीका सबल र कमजोर पक्षको पहिचान गर्दै भविष्यका सम्भावनाबारे समेत खुला छलफल गर्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : ०१ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा