उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास « Khabarhub

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन्। 

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरूबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उनको सचिवालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्द्रपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताए। उनले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताए। 

उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिए। नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उनले दुवै देशका सरकारबीच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गरे। 

भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गरे। 

उनले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्‍याउन अनुरोध गरे।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : १४ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा