इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो « Khabarhub

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार इरानबाट मिसाइल प्रहार भएपछिको साइरन बजेसँगै तेल अभिभस्थित बेन ग्युरियन एयरपोर्ट खाली गराएर यात्रुलाई सेल्टर (आश्रयस्थल) मा सारिएको छ।

इजरायलको च्यानल १२ टेलिभिजनका अनुसार मिसाइल रोक्ने प्रयासका क्रममा केन्द्रीय इजरायलमा विस्फोटको शक्तिशाली आवाज आएको थियो। त्यसपछि साइरन बजेलगत्तै यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

हार्टेज अनलाइनका अनुसार उक्त मिसाइलले क्लस्टर प्रकारका हतियार बोकेको हुन सक्ने आशंका गरिएको छ।

उता दक्षिणी शहरमा अर्को आक्रमण भएको छ। इजरायल हायोमको रिपोर्टअनुसार मिसाइलका टुक्राले दक्षिणी शहर अश्केलोनमा एउटा भवन क्षतिग्रस्त भएको छ । ।

उक्त पत्रिकाले मिसाइलका टुक्राहरू दक्षिणी इजरायलको याड मोर्देचाई समुदायको बस्तीमा पनि खसेको जनाएको छ। तर यसबाट मानवीय वा सम्पत्ति क्षति भएको छैन।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : ५२ बजे

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध