इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो « Khabarhub

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ। इजरायली सञ्चारमाध्यमका अनुसार इरानबाट मिसाइल प्रहार भएपछिको साइरन बजेसँगै तेल अभिभस्थित बेन ग्युरियन एयरपोर्ट खाली गराएर यात्रुलाई सेल्टर (आश्रयस्थल) मा सारिएको छ।

इजरायलको च्यानल १२ टेलिभिजनका अनुसार मिसाइल रोक्ने प्रयासका क्रममा केन्द्रीय इजरायलमा विस्फोटको शक्तिशाली आवाज आएको थियो। त्यसपछि साइरन बजेलगत्तै यात्रुहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

हार्टेज अनलाइनका अनुसार उक्त मिसाइलले क्लस्टर प्रकारका हतियार बोकेको हुन सक्ने आशंका गरिएको छ।

उता दक्षिणी शहरमा अर्को आक्रमण भएको छ। इजरायल हायोमको रिपोर्टअनुसार मिसाइलका टुक्राले दक्षिणी शहर अश्केलोनमा एउटा भवन क्षतिग्रस्त भएको छ । ।

उक्त पत्रिकाले मिसाइलका टुक्राहरू दक्षिणी इजरायलको याड मोर्देचाई समुदायको बस्तीमा पनि खसेको जनाएको छ। तर यसबाट मानवीय वा सम्पत्ति क्षति भएको छैन।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ४ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको