आईपीएल : राजस्थानको सहज जित, लखनउ ४० रनले पराजित « Khabarhub

आईपीएल : राजस्थानको सहज जित, लखनउ ४० रनले पराजित


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

लखनउ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्समाथि ४० रनको सहज जित दर्ता गरेको छ । बुधबार राति लखनउमा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको घरेलु टोली १८ ओभरमा मात्र ११९ रनमा समेटिएको हो ।

लखनउलाई सस्तैमा समेट्न राजस्थानका बलरले कसिलो बलिङ गरे । टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । राजस्थानका लागि रवीन्द्र जडेजाले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा अविजित ४३ रन जोडेका थिए ।

मध्यम लक्ष्य पछ्याएको लखनउका लागि मिचेल मार्सले ५५ रनको अर्धशतकीय पारी खेले पिन अन्य कुनै पनि व्याट्सम्यान टिक्न सकेनन् । १८ औँ ओभरमा अन्तिम विकेट गुमाउँदा लखनउ ११९ रनमा सीमित भयो ।

राजस्थानको जितमा अलराउन्डर रवीन्द्र जडेजा नायक बने । ब्याटिङमा ४३ रनको योगदान दिएका जडेजाले बलिङमा चुस्त प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

यो जितसँगै राजस्थान रोयल्स अंक तालिकाको दोस्रो स्थानमा यथावत छ भने लखनउ सुपर जाइन्ट्स नवौँ स्थानमा खस्किएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : ०९ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका