रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि « Khabarhub

रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायोको सागमा अत्यधिक मात्रामा घातक विषादी भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार गरेको परीक्षणमा भक्तपुरमा उत्पादित रायोको सागमा ९९.६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारका १२ पसलबाट संकलन गरिएका १२ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएको थियो। त्यस क्रममा भीमसेन अधिकारीको ३५९ नम्बर पसलमा बिक्रीका लागि राखिएको रायोको सागमा उक्त मात्रामा विषादी फेला परेको हो।

विषादीको मात्रा डरलाग्दो देखिएकाले उक्त साग उपभोगका लागि पूर्णतः अयोग्य ठहर गर्दै विसर्जन गर्न निर्देशन दिइएको प्रयोगशालाले जनाएको छ। हाल कालीमाटी बजारमा ‘कार्वामेट’ र ‘अर्गानोफस्फेट’ समूहका कीटनाशक विषादीको मात्र परीक्षण हुँदै आएको छ।

प्राविधिक मापदण्डअनुसार यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम देखिएमा मात्र उपभोग योग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म विषादी भएमा केही दिन राखेर मात्र खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी देखिएमा मानव स्वास्थ्यका लागि खान अयोग्य मानिन्छ। रायोको सागमा भने झन्डै शतप्रतिशत (९९.६ प्रतिशत) विषादी भेटिएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ११ : ०८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि