सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णयविरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 

बिहीबार महासंघका काठमाडौं लगायत सबै जिल्ला शाखा मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय विभेदकारी भएको भन्दै महासंघले दबाबमूलक अभियान सञ्चालन गरिरहेको छ ।

उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक प्रबन्ध, खुला अर्थ नीति र संघीयताको मर्मविपरित भएको महासंघको ठहर रहेको छ ।

वैशाख १५ दबाबमूलक कार्यक्रम घोषणा गरेको महासंघले माग पूरा नभए दबाबका कार्यक्रमको समीक्षा गरी थप आन्दोलित हुने जनाएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १ : १० बजे

रास्वपाको जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी

संवैधानिक जवाफदेहिताको परीक्षणमा दुई प्रतिवेदन

लोकतान्त्रिक शासन व्यवस्थाको आधार विधिको शासन हो । विधिको शासन

बेमौसमी फूलले मूल्य नपाउँदा अर्को बाली लगाउने तयारीमा किसान (तस्बिर)

धादिङ– धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत

विजय र स्वस्तिमा उत्कृष्ट घोषित

काठमाडौँ- छायाछवी क्रियसनले आयोजना गर्दै आएको डी सिने अवार्डको १७