भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास « Khabarhub

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बिहीबार शिलान्यास गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर गीताञ्जलि ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब ५.८ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित अन्य सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीच नजिकको छिमेकी सम्बन्धअन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको उल्लेख गर्दै यस्तो परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समग्र विकास र समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : २६ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका