इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने « Khabarhub

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा रोलिङ क्लब धुलाबारी, झापालाई पराजित गर्दै एनआरटीले फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । जसमा रोलिङ क्लबलाई ४–३ गोलअन्तरले हराउँदै एनआरटी फाइनलमा पुगेको हो । त्यसअघि एनआरटीका लागि विज्ञान खड्का तथा रोलिङ क्लबका तर्फबाट फागुराम चौधरीले गोल गरेका थिए । 

आजको खेलको म्यान अफ दी म्याच एनआरटीका गोलकिपर विशाल सुनवार घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफि प्राप्त गरे ।

विजेता टोली एनआरटीले यही वैशाख १२ गते शनिबार मच्छिन्द्र फटबल क्लबसँग प्रतिष्पर्धा गर्ने छ । विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छन् । प्रतियोगितामा आठ टोली सहभागी थिए । 
 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ६ : ४८ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक