किन पक्राउ परे शेखर गोल्छा ? « Khabarhub

किन पक्राउ परे शेखर गोल्छा ?


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज काठमाडौंको नक्सालबाट उनलाई पक्राउ गरेको हो ।

सीआईबीले विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको पुष्टि गरेको हो । सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाएको जनाएको छ ।

सोही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको छ। नेपाल प्रहरी ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनीमाथि थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। यस घटनाले बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग ल्याएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ७ : ५६ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी